You are viewing the translated version of इजाजतपत्र लिनु पर्ने.

Section 9
इजाजतपत्र लिनु पर्ने
(१) नियमनकारी निकायबाट इजाजतपत्र प्राप्त नगरी कुनै पनि संस्थाले रेडियोधर्मी स्रोत र सोसँग सम्बन्धित अभ्यास, क्रियाकलाप वा संयन्त्र सम्बन्धी कुनै पनि कार्य गर्न पाउने छैन।
(२) शान्तिपूर्ण प्रयोजनको लागि रेडियोधर्मी स्रोतसँग सम्बन्धित अभ्यास, क्रियाकलाप वा संयन्त्र सञ्चालन गर्न चाहने तोकिए बमोजिमको प्राविधिक र व्यवसायिक क्षमता भएको संस्थाले तोकिए बमोजिमको ढाँचामा नियमनकारी निकायमा निवेदन दिनु पर्नेछ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुँदाका बखत सम्बन्धित निकायबाट रेडियोधर्मी स्रोतसँग सम्बन्धित अभ्यास, क्रियाकलाप वा संयन्त्र सञ्चालन गर्न अनुमति लिई सञ्चालनमा रहेका व्यक्ति वा संस्थाले यो ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र यस ऐन बमोजिम इजाजतपत्र लिनु पर्नेछ।